सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा १ हजार ३०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहिबार  ११ : ३७ बजे