‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शिवराजलाई गाेली हानि हत्या गरेकाे अभियाेगमा चार जना पक्राउ

दाङ । गोली हानी हत्या गरिएको घटना अनुसन्धानमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका – ६ अघराका ४५ वर्षीय शिवराज केसीको गोली हानेर हत्या गरेको अवस्थामा पुस १२ गते बंगलाचुली गाउँपालिका – ४ स्थित कोइला खानीको सुरुङभित्र शव फेला परेको थियो ।

केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर गएका थिए । शिवराजको हत्यामा संलग्न रहेको आशङ्कामा बंगलाचुली गाउँपालिका – ४ गदारीका ४३ वर्षीय शेरबहादुर कँवर, उनकी ३५ बर्षीया श्रीमती दीपा कुँवर र  २९ वर्षीय तिलक पुनसहित भरुवा बन्दुक दिने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । 

श्रीमती दिपासँगको सम्बन्धका कारण शेरबहादुरले योजना बनाइ शिवराजको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

हत्या पछि भारत पुगेका श्रीमान् – श्रीमतीलाई प्रहरीले पक्राउ गरी जिल्ला ल्याएको हो । उनीहरूको बयानका आधारमा थप दुई जना पक्राउ परेका हुन् । बन्दुक दिने व्यक्ति पनि बंगलाचुली कै रहेको प्रहरीले बताएको छ ।

रोजगारीको सिलसिलामा भारत आउजाउ गरी रहने शेरबहादुरले श्रीमती दिपा र शिवराजसँगको सम्बन्धको सुइँको पाएपछि हत्या योजना बुनेका प्रहरी अधिकारी जानकारी दिए ।

दिपाले सोही सम्बन्धका कारण शिवराजलाई बंगलाचुलीस्थित कोईलाखानीको सुरुङसम्म डोर्‍याएको कुरा खुलेको प्रहरी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ४ : १३ बजे