‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

युवतीको नाममा नक्कली फेसबुक आइडी बनाएर ‘हनी ट्रयाप’, तीन युवक पक्राउ

पोखरा । पोखरामा युवतीको नामका नक्कली फेसबुक ‘आइडी’ बनाएर हनी ट्रयाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

केटीको नामको नक्कली आइडी बनाएर पुरुषहरूलाई हनी ट्रयापमा पारेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा साथी बनाएर फोन गर्ने, अश्लिल भिडियोहरू देखाउने र स्क्रिन रेकर्ड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भिडियो र स्क्रिन रेकर्ड सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै डर धम्की देखाएर उनीहरूले पैसा असुली गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् ।

उनीहरूलाई चितवन प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : ०४ बजे