दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कोरोनाको जोखिम बढेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

​​​​​​​काठमाडौँ – कोभिड-१९ को नयाँ सब-भेरियन्ट जेएन.१ को  जोखिम बढेकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सब-भेरियन्ट जेएन.१ पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो । 

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा 'कोभिड-१९ को नयाँ सब-भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रीनिंग र निगरानी भइरहेको साथै कोभिड-१९ को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको जानकारी गराउँदछौं' भन्दै उल्लेख गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेला, भोज, पार्टी आदिमा मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाईमा विशेषतः ध्यान दिनु अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  २ : ०१ बजे