राष्ट्रपति भवनमा घटस्थापना

मकवानपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–नम्बर–११ थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको  मृत्यु भएको छ । दुर्घटनामा अरु तीन जना घाइते भएका छन् ।

नवलपुर जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले बिहान पिटीमा रहेका डडेलधुरा आलिताल गाउँपालिका–६ घर भइ बाग्मती प्रदेश प्रहरी गण हेटौँडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको थियो । घाइते एडीलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा चालक हेटौँडा उपमहानगरपालिका–४ हुप्राचौरका ४१ वर्षका लक्ष्मण लामा घाइते भएका छन् । उनको हेटौँडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए । त्यस्तै यही घटनामा प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ११ : २३ बजे