दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल सिफारिस

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा देवेन्द्र ढकाल र रजिष्ट्रारमा विमल पौडेल सिफारिस हुनु भएको छ ।

न्याय सेवा आयोगले मुख्य रजिष्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेलको नाम सिफारिस गरको हो । ढकाल हाल न्याय परिषद्‌को सचिवको रुपमा कार्यरत हुनुहुन्छ । पौडेल सर्वोच्च अदालतको प्रशासन महाशाखाका प्रमुखका रुपमा कार्यरत रहनु भएको छ ।

यसअघिका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीशमा सिफारिस भएपछि सर्वोच्च अदालतमा यी २ पद रिक्त थिए।

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ११ : १५ बजे