यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि  कृषि उपजको मूल्य तोकेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ७० रुपैयाँ रहेको छ भने सानो गोलभेँडा लोकलको २० रुपैयाँ रहेको छ । 

भारतीय ठुलो गोलभेँडाको भाउ पनि किलोमा १० रुपैयाँ बढेको छ। आज नेपाली  र भारतीय ठुलो गोलभेँडाको भाउ समान ६० देखि ७० रुपैयाँ प्रतिकिलो छ।

त्यस्तै सुकेको भारतीय प्याज १५ रुपैयाँ महँगिएको छ। हिजो ७५ देखि ८५ रुपैयाँमा कारोबार भएको भारतीय प्याजको मूल्य आज ९० देखि ९५ रुपैयाँ तोकिएको छ। चिनियाँ प्याजको भाउ स्थिर छ।  चिनियाँ प्याजको मूल्य ६० देखि ७० रुपैयाँ प्रतिकिलो छ।

त्यस्तै लोकल बन्दा ३० देखि ४० रुपैयाँ, तराईको बन्दा २५ देखि ३५ रुपैयाँ र नरिवल बन्दा २५ देखि ३५ रुपैयाँ प्रतिकिलो छ। यी तरकारीको पनि आज भाउ बढेको छैन।

स्थानीय काउली २० देखि ३० रुपैयाँ प्रतिकिलो, ज्यापु काउली ३० देखि ४० रुपैयाँ, तराईको काउली २० देखि २५ रुपैयाँ प्रतिकिलो भाउ छ। यी तरकारीको पनि भाउ घटबढ भएको छैन।

आज सागको भाउ पनि स्थिर छ। रायोको साग ३० देखि ४० रुपैयाँ, पालुङ्गो, चम्सुर, मेथी र सौफको साग ९० देखि १०० रुपैयाँ प्रतिकिलो छ। तोरीको साग आज ४० देखि ५० रुपैयाँ प्रतिकिलो छ।

रातो आलुको भाउ ३५ रुपैयाँ देखि ३८ रुपैयाँ छ। रातो आलु ३० देखि ३२ रुपैयाँ छ। आलुको भाउ पनि हिजो र आज करिब उस्तै छ।

 

 

प्रकाशित मिति : १८ पुस २०८०, बुधबार  ९ : ५२ बजे