दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

हानेदा एयरपोर्टमा उड्न लागेको विमानसँग ठोक्किँदा जापान एअरलाइन्समा आगलागी

टोकियो। जापानको राजधानी टोकियोमा रहेको हानेदा अन्तराष्ट्रिय बिमानस्थलमा अबतरण गर्ने क्रममा रहेको बिमानमा आगो लागेको छ।

होक्काइदो स्थित चितोसे विमानस्थलबाट हानेदा बिमानस्थलका लागि उढेको जापान एअर लाइन्सको बिमानमा आगो लागेको हो। जापानी संचार माध्यमहरुका अनुसार हानेदा विमानस्थलबाट उडान भर्न लागेको जापान कोस्ट गार्डको बिमानसंग ल्याण्ड गर्नेक्रममा रहेको उक्त बिमान ठोकिएको थियो।

धावनमार्गमा ल्याण्ड गर्नासाथ उक्त बिमानमा आगलागी भएको समाचार श्रोतहरुलाई उद्दृत गर्दै जापानी संचार माध्यमहरुले जनाएका छन्। बिमानमा सवार ४०० भन्दा बढी यात्रुहरु सुरक्षित रहेको समाचारहरुमा उल्लेख गरिएको छ।

जापान एअरलाइन्सको बिमान आगलागी बाट ध्वस्त भएता पनि कुनै मानविय क्षति नभएको समाचारमा उल्लेख गरिएको छ। जापान कोस्ट गार्डको बिमानमा चालक दलका सदस्य सहित ६ जना सवार रहेको र पाइलट घाइते भएको टिबिएस टेलिभिजनले जनाएको छ।

सरकारी अधिकारीहरुका अनुसार बाँकि ५ जना संग सम्पर्क हुन नसकेको जापानबाट संचालित नेपाली भाषाको अनलाइन न्यूज पोर्टल क्योदाइ न्यूजले जनाएको छ ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ४ : ०३ बजे