‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बालकुमारी प्रदर्शनमा ज्यान गुमाएका वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव सुर्खेत पठाउन लागिएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीको अनुसार गृह जिल्लामा पठाउनको लागि उनीहरूको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लगिएको छ ।

पाटन अस्पतालमा पोस्टमार्टम गरिएपछि शव विमानस्थलमा लगेर नेपाली सेनालाई जिम्मा लगाइएको एसपी कार्कीले जानकारी दिए । शवलाई नेपाली सेनाका स्काई ट्रक एन ए–०६४ मार्फत सुर्खेत लैजाने तयारी गरिएको छ । सुर्खेतबाट सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी भएको उनले बताए ।

पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैको अस्पतालमा मृत्यू भएको थियो । सुजनको छातीमा निलडाम भेटिएको र सुजनले भाग दौडको क्रममा मा ज्यान गुमाएका सुरक्षा अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ११ : २८ बजे