चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा पर्यटक घटे

फुङ्लिङ । कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए ।

विगतका वर्षमा यस समयमा हिमपात हुने गथ्र्यो तर अहिले भने यस क्षेत्रमा हिमपात नभएको शेर्पाले बताए । पर्यटक नआएपछि यहाँका होटल–लज पनि बन्द भएका छन् । यहाँका होटल सञ्चालक सदरमकाम फुङ्लिङ झरेका छन्भने केही काठमाडौं पुगेका छन् ।

चियो याम प्रारम्भ हुनुअघिसम्म कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको उल्लेखनीय आगमन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  १० : ०२ बजे