दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

माइतीघर मण्डलाबाट सिके राउतसहित ५१ जना पक्राउ

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलबाट जनमत पार्टीका अध्यक्ष सिके राउतसहित ५१ जना पक्राउ परेका छन्।

सोमबार माइतीघर मण्डलमा धोती दिवस मनाउन भेला भएका वेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरीले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले पुस ४ गतेबाट दुई महिनाका लागि माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो। यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर प्रदर्शन, जुलुस, सभा लगायतका कार्यक्रम गर्न रोक लगाएको छ।

अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ का दिन राष्ट्रिय टोपी दिवस मनाइँदै आइएको छ। सोही दिन सिके राउतसहितको टोलीले पनि राष्ट्रिय धोती दिवस मनाउन खोजेको हो। सोही क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सिके राउतसहितको टोलीलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ। प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि नियन्त्रणमा लिएको जनाएको छ।

केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : ५५ बजे