दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रिय सभा निर्वाचन : आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ ।

सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको नियुक्ति हुने निर्वाचन आयोगले जनाएको छ ।

पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने र माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यक्रम रहेको छ । यसअघि निर्वाचनमा भाग लिने प्रयोजनका लागि   आयोगमा दल दर्ता भइसकेका छन् ।

आयोगले ७ वटा प्रदेशका २–२ ठाउँमा गरी १४ ठाउँमा मतदान केन्द्र तोकिसकेको छ । १९ जनाको निर्वाचनका लागि ५४९ जना प्रदेश सभा सदस्य र १ हजार ४ सय ९८ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : २४ बजे