‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

काँग्रेसले आज राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै, प्रज्ञाभवनमा कार्यक्रम हुने

काठमाडौँ । नेपाली काँग्रेसले आज ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने भएको छ ।

काँग्रेसले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो १ः०० बजे एक कार्यक्रमका साथ ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको हो ।  

काँग्रेसले प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि पटक पटक भएका आन्दोलनमा योगदान गरेका, वृहत् शान्ति सम्झौताका पक्षधरलगायत राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ । 

कार्यक्रममा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायत दलका शीर्ष नेताहरूलाई बोलाइएको काँग्रेसले जनाएको छ ।

काँग्रेसले कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनमत पार्टी लगायतलाई भने आमन्त्रण गरेको छैन ।

काँग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई काँग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा मनाउँदै आएको छ ।

काँग्रेसले आजको कार्यक्रममा संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुङ्ग्याउन दलहरुबीच मेलमिलाप भन्ने नारा बनाएको छ । 

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ७ : ३८ बजे