काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा निम्ता दिनकै लागि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेको बताइएको छ । प्रधानमन्त्रीको फोन आयो भन्दै ललितपुरको एक कार्यक्रमबाट हिडेका प्रचण्डसँग प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेको बुझिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिवार विहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको हो । संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठकलाई चासोका साथ हेरिएको छ ।
प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार २ : १७ बजे
प्रतिक्रिया