‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बुढानिलकण्ठबाट एक जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई बलात्कार  गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बुढानीलकण्ठ नगरपालिका-२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो । 

प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १ : २८ बजे