दाङ । दाङको तुलसीपुरमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।
बर्दियाको बडैयाताल गाउँपालिका-६ मैनापोखरबाट वनभोजका लागी दाङ आउँदै गरेको भे १ ख २०४१ नम्बरको गाडी आज बिहान तुलसीपुर १३ दमारगाँउ नजिकै दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इश्वरी देवकोटाले जानकारी दिनुभयो ।
दुर्घटनामा परी ३० जनाभन्दा बढी घाइते भएको हुनसक्ने उहाँले बताउनुभयो । घाइते मध्य केहीलाई नेपालगञ्ज र केही तुलसीपुरतर्फ उपचारका लागि पठाइएको छ।
बसको ब्रेक आयल फुटेर ब्रेक फेल हुँदा दुर्घटना भएको ट्राफिक प्रमुख देवकोटाले बताउनुभयो ।
प्रकाशित मिति : १५ पुस २०८०, आइतबार १० : ४७ बजे
प्रतिक्रिया