‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने

काठमाडौँ । काठमाडौँको विभिन्न स्थानमा आज चार घण्टादेखि साढे ४ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार साँखु फिडर अन्तर्गत पर्ने मायापाटी, ब्रम्हखेल, इन्द्रायनी, साँखु, जहरसिं पौवा, नांगलेभरे क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

११ केभी मुलपानी सबस्टेशन मर्मतका लागि साँखु फिडर सटडाउ गर्नु पर्ने भएकाले ती क्षेत्रमा आज चार घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै लाजिम्पाट, रानीपोखरी र बालुवाटार क्षेत्रमा आज बिहान साढे ९ बजेदेखि दिउँसो साढे २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

लाजिम्पाट फिडर अन्तर्गत पर्ने ती क्षेत्रहरूमा विद्युत् भूमिगतको काम गर्नुपर्ने भएकाले साढे चार घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : १२ बजे