‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछाने नाबालिक बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । लामिछाने दोषी ठहर भए पनि यद्यपि  उनकाे सजाय निर्धारण हुन भने बाँकी रहेकाले अर्को पेसी तोकिएको छ ।  न्यायधीशले सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार यस्तो आदेश सुनाएको हो ।​

आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो । भदौ २३ मा काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि लामिछाने विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर फर्किने क्रममा असोज २० मा त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।

कार्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए । थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले । उक्त मुद्दाको सुनुवाई पटकपटक जिल्ला अदालतमा हेर्दाहेर्दैकै सूचीमा परेर लम्बिँदै आएको थियो । मुद्दा दर्ता भएको करिब १४ महिनापछि शुक्रबार फैसला भएको हो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ०८ बजे