दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बालकुमारी घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं ।सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा गृह मन्त्रालयले ३ सदस्यीय छानबिन समिति गठन गरेकोहो ।

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगजनी गरेपछि शुक्रवार दिउँसो बालकुमारीमा झडप भएको थियो  ।  यसक्रममा प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ । घाइते अवस्थामा किस्ट अस्पताल लगिएका दैलेखका सुदन राउत र पाटन अस्पताल लगिएका  डोटीका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको हो ।​​

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ५ : ४५ बजे