दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दमकका मेयरले राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर हटाए

विराटनगर – दमक नगरपालिकाका मेयर राम थापाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्विर आफ्नो कार्यकक्षबाट हटाइ दिनुभएको छ।

मेयर राम थापाले आफ्नो कार्यकक्षमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्विर हटाएर  पृथ्वीनारायण शाहको तस्विर राख्नुभएको छ। थापा राप्रपाबाट निर्वाचित मेयर हुनुहुन्छ।

यसअघि  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको तस्विर आफ्नो कार्यकक्षबाट हटाएर किराँती राजा यलम्बरको तस्बिर राख्नुभएको थियो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : ३३ बजे