दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

प्रहरीको गोली लागेर रावत र शाहको मृत्यु

काठमाडौँ। ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख जिल्ला बस्ने २३ वर्षीय सुजन रावत तथा डोटी घर भएका २२ वर्षीय वीरेन्द्र शाह रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी रावतको उपचारको क्रममा किष्ट अस्पतालमा तथा शाहको पाटन अस्पतालमा मृत्यु भएको हो ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा२ झ ५८६१ नम्बरको गाडी जलाएका थिए ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : २६ बजे