बालकुमारीमा प्रहरीले चलायाे गोली, २ जना गम्भीर घाइते

 काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् ।

एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ । 

रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले शुक्रबार मध्याह्न ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाएपछि मुठभेठकाे अवस्थामा स्थिति पुगेपछि प्रहरीले गाेली चलाएकाे हाे । 

प्रहरीकाे गाेलीबाट घाइते भएकाकाे भने पहिचान हुन बाँकी छ । 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : १७ बजे