काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएपछि प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएकाे छ ।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले मन्त्री र पिएसाेलाई गाडीबाट निकालेर आगजनी गरेका थिए ।
साेलगत्तै प्रहरीले मन्त्रीलाई रेस्क्यु गरेर सिंहदरबार पुर्याइएकाे केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।
'मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ ',उनले भने ।
प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार २ : १० बजे
प्रतिक्रिया