काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले गाडीमा आगजनी गर्ने पाँच जना पक्राउ गरेको बताएका हुन् ।
हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पु¥याएको छ ।” प्रहरी नायब महानिरीक्षक कडायतले भने ।
गाडीमा आगजनी भएपछि स्थिति नियन्त्रणमा गोली चलाउँदा ३ जना घाइते समेत भएको बताइएको छ।
आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेको थिए ।
प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार १ : ५७ बजे
प्रतिक्रिया