इपीएस परीक्षाका विद्यार्थीले जलाए भौतिकमन्त्रीकाे गाडी

काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमाथि आगजनी गरिएको छ । आन्दोलनरत इपीएस परीक्षाका विद्यार्थीले मन्त्रीको गाडीमा आगो लगाएका हुन् । 

बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरिएको हो ।  उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका थिए ।

मन्त्री र पीएसओलाई गाडीबाट बाहिर निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाएका हुन् । 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १२ : ४७ बजे