‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दुई सय किलो आखेटोपहारसहित दुई जना पक्राउ

किमाथाङ्का, (सङ्खुवासभा) । सङ्खुवासभा प्रहरीले मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुर्लभ जङ्गली जनावर सालकको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरेको छ । 

आखेटोपहारसहित पक्राउ पर्नेमा भोटखोला गाउँपालिका –२ रिदाकका ३५ वर्षीय छिरिङ भोटेसहित एक महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । पक्राउ परेकी महिलाको नाम भने सार्वजनिक गरिएको छैन ।  

भोटखोला गाउँपालिका–२ च्याम्ताङबाट गए राति दुई सय किलो दुर्लभ सालकको आखेटोपहारसहित पक्राउ परेका भोटखोला –२ का छिरिङ र एक महिलालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पक्राउ परेकालाई आज साँझसम्ममा सदरमुकाम खाँदबारी ल्याइने प्रहरीले जनाएको छ । उनीहरूलाई सदरमुकाम ल्याएपछि पत्रकार सम्मेलन गरिने जिल्ला प्रहरी कार्यालयले बताएको छ । 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ७ : ११ बजे