चितवन ।भरतपुर– माडी सडक खण्डअन्तर्गत सीताराम चोकमा बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा भरतपुर महानगरपालिका–६ निवासी १७ वर्षीय चिराक पोखरेलको मृत्यु भएको हो ।
गीतानगरबाट विकासचोकतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार ७ : ०८ बजे
प्रतिक्रिया