दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ

काठमाडौँ  – सहकारी ठगीको फरार सूचीमा रहेका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति उपाध्यक्ष कैलाशकुमार दर्लामी बिहीबार  पक्राउ परेका छन् । उनी लुकिछिपी बसेको अवस्थामा काठमाडौं प्रहरीले पक्राउ गरेको हो । 

कास्की प्रहरीको टोली दर्लामीलाई बिहीबार राति धादिङको गजुरीबाट पक्राउ गरि पोखरा लागिएको कास्की प्रहरी प्रमुख मोहनकुमार थापाले बताए । दर्लामीलाई कास्की प्रहरीको अनुरोधमा काठमाडौंले पक्राउ गरेको हो।

रास्वपा अध्यक्ष रवि लामिछाने समेतको संलग्नता देखिएको उक्त सहकारी ठगीको आरोपमा १९ जना विरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । सहकारीका सञ्चालक समिति कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परि पूर्पक्षका लागि थुनामा छन् ।

पूर्वअध्यक्ष गितेन्द्रबाबु राईसहित वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १७ जना अझै फरार छन् । प्रहरीले राईसहित जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा पूर्वअध्यक्ष जीबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङविरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न पत्राचार गरिसकेको छ ।

सहकारीमा १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ हिनामिना भएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ९ : २७ बजे