काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वाको सुनुवाइ आज पनि हेर्दाहेर्दैमा रहेको छ ।
काठमाडौं जिल्ला अदालतमा जारी सुनुवाइमा सन्दीप पक्षका वकिलको बहस नसकिएपछि आज पनि मुद्वा हेर्दाहेर्दैमा रहेको हो ।
पीडित भनिएकी किशोरीको तर्फबाट हिजो नै बहस सकिएको छ । अब सन्दीप पक्षका वकिलको बहस सकिएपछि फैसला आउनेछ ।
सम्भवत: भोलि बहस सकिएर फैसला आउने सम्भावना रहेको छ ।
प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार ४ : ५४ बजे
प्रतिक्रिया