‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

पशुपतिबाट अपहरणमा परेकी दुई वर्षीया बालिका भक्तपुरमा भेटिइन्

काठमाडौं । गौशालास्थित पशुपति मन्दिर परिसरबाट दुई दिनअघि अपहरणमा परेकी दुई वर्षीया बालिका भक्तपुरमा भेटिएकी छिन् ।

मंगलबार साँझ पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट अपहरणमा परेकी बलिकालाई प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित दधिकोटबाट उद्धार गरेको हो । प्रहरीले अपहरणमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् । पीडित परिवारले चिया खान आएकाहरूले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  १२ : ३८ बजे