‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक : नेता बास्कोटा

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल प्रसाद बास्कोटाले डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक रहेको बताउनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले उद्योगीले प्रयोग नगरेको डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा लाइन काट्नु खेदजनक रहेको बताउनुभएको हो ।

उहाँले उद्योगीले प्रयोग नै नगरेको बिजुलीको पैसा असुल्न बाँकी देखाएर बिद्युत् प्राधिकरणले नक्कली नाफा देखाउने गरेको उल्लेख गर्नुहुँदै लाइसेन्स बेच्ने, प्रसारण लाइन नबनाउने, सस्तोमा भारतलाई बेच्ने महँगोमा किन्ने गरेको धेरै वर्ष भएको बताउनुभयो । 

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ: ''उद्योगीले प्रयोग नै नगरेको बिजुलीको पैसा असुल्न बाँकी देखाएर बिद्युत् प्राधिकरणले नक्कली नाफा देखाउने गरेको, लाइसेन्स बेच्ने, प्रसारण लाइन नबनाउने, सस्तोमा भारतलाई बेच्ने महँगोमा किन्ने गरेको धेरै वर्ष भो । प्रयोग नगरेको डेडिकेटेड लाइनको पैसा नतिरेको आरोपमा उद्योगको लाइन काट्ने काम खेदजनक छ।''

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत विद्युत् महसुल नबुझाएको भन्दै उद्योगहरूको विद्युत् लाइन काट्दै आएको छ । 

 

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ७ : ५५ बजे