‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

१५ लाख बराबरको मोबाइलसहित एक जना पक्राउ

बारा । अवैध रूपमा भारतबाट भन्सार छलेर बिक्रीका लागि नेपाल ल्याइएका रु १५ लाख बराबरको मोबाइलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बारागढी गाउँपालिका वडा नं ३ खोपवा टोल बस्ने रूपन भन्ने रूपनारायण चौधरीलाई प्रहरीले बुधवार पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिनुभयो ।  

विभिन्न कम्पनीका ५१ थान एन्ड्रोइड मोबाइल र चार्जर प्रहरीले बारागढी गाउँपालिका–३ खोपवा निवासी रूपनारायणको घरबाट बरामद गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको  प्रहरी टोलीले चौधरीको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट, ४८ थान चार्जर, ब्याट्री नौ थान र मोबाइल कभर १४ थान गरी १५ लाख रुपैयाँ मूल्य बराबरको रहेको बारा प्रहरीले जनाएको छ । 

चौधरीले सो एरियामा सस्तोमा आफ्नो घरबाट मोबाइल बिक्री वितरण गर्दै आएको थियो । उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ पुस २०८०, बिहिबार  ६ : ४१ बजे