सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

इरानले भन्यो – सैन्य कमाण्डर मारेकोमा इजरायलले मूल्य चुकाउनु पर्नेछ

काठमाडौँ – इजरायली आक्रमणमा परी सिरियामा इरानका एक वरिष्ठ सैन्य कमाण्डर मारिएको इरानी मिडियामा दाबी गरिएको छ ।

इरानको समाचार एजेन्सी तस्निमले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका ‘अनुभवी सैन्य सल्लाहकार’ सैयद राजी मोसावी मारिएको जनाएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले मोसावीको मृत्युमा शोक व्यक्त गर्दै इजरायलले यो अपराधको निश्चित मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

रायसीले भनेका छन्, ‘यो कार्यले यस क्षेत्रमा यहुदी शासनको निराशा र कमजोरीलाई देखाउँछ, जसका लागि यसले निश्चित रूपमा मूल्य चुकाउनु पर्नेछ ।’-

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १ : ३० बजे