‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बारामा प्रधानाध्यापकको हत्या गर्ने भारतीय सुटरलाई गोली हानि पक्राउ

बारा । बाराको कलैयामा रहेको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा संलग्न मुख्य सुटरलाई आज प्रहरीले पक्राउ गरेको छ । 

गत कार्तिक १३ गते बाराको कलैयामा प्रधानाध्यापक स्वर्णकारलाई गोली हानी हत्या गर्ने मुख्य सुटर भारत बिहार छौडादानोका सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको हो । विश्रामपुर गाउँपालिकाको सिमानामा लुकिछिपी बसेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले सिंहलाई पक्राउ गरेको हो । 

भाग्न खोज्दा प्रहरीले सिंहको खुट्टामा २ राउन्ड गोली हानेको छ । प्रहरीले सिंहको दुवै खुट्टामा गोली हानेको छ । गोली लागेर घाइते भएका सिंहको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताएका छन् ।

प्रहरीले सिंहको साथ बाट एक थान पेस्तोल र त्यसमा लाग्ने ४ राउन्ड गोली पनि बरामद गरेको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १२ : ४५ बजे