‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

साँझ पुन बस्ने गरी समाजवादी मोर्चाको बैठक सकियो

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको समाजवादी मोर्चाको बैठक आज साँझ पुन बस्ने गरी सकिएको छ । 

मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी बैठकले मोर्चाले यसबीचमा गरेका कामहरूको समीक्षा गर्दै आगामी दिनमा कस्ता कार्यक्रम अगाडि बढाउने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझ बस्ने बैठकले मोर्चाले साझा कार्यक्रमहरू तयार गर्नेछ । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, अदालतबाट पक्राउ पुर्जी जारी भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो । 

 

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ११ : ४४ बजे