‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भारतीय कुख्यात अपराधी सुजित सिंह पक्राउ   

बारा  । बारा प्रहरीले भारतीय कुख्यात अपराधी सुजित कुमार सिंहलाई विश्रामपुर गाउँपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको छ । 

भारतको मोतिहारी जिल्लास्थित दर्पा थाना–१, सुक्लहियाका २५ वर्षीय सिंहलाई मङ्गलवार राती पौने १० बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  बाराका प्रहरी उपरीक्षक सुरेश काफलेले बताउनुभयो  ।

तीन जनाको समूहमा रहेको सिंहले प्रहरीलाई देखेपछि  भाग्न खोज्दा प्रहरीले  दुई राउन्ड गोली चलाउँदा सिंहको दुई खट्टामा गोली लागि घाइते भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

सिंहको साथबाट एक थान  घरेलु हतियार, सोमा लाग्ने पाँच थान गोली समेत बरामद भएको प्रहरी उपरीक्षक काफलेले बताउनुभयो । घटनास्थलमा गोली, हतियार खोजबिन भइरहेको छ ।  

सिंहले बारा जिल्लामा भएको पतरौता नगरपालिकाको दुई जनाको हत्या, कलैया उपमहानगरपालिकाका रुपेश स्वर्णकार, बरियापुरमा भएको हत्यालगायत बारा, पर्सा, रौतहटसहित भारतको विभिन्न ठाउँमा दर्जनौँ व्यक्तिलाई गोली हानी हत्या गरी फरार रहेका थिए।    

 

 

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  १० : २८ बजे