‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

समाजवादी मोर्चाको बैठक जारी, पक्राउ पुर्जी जारी भएका विप्लव बालुवाटारमा​​​​​​​

काठमाडौँ । समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताबिच छलफल भइरहेको छ । 

छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, अदालतबाट पक्राउ पुर्जी जारी भएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायतका नेताहरू सहभागी हुनुहुन्छ ।

सरकारको एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेको दोस्रो दिन मोर्चाको बैठक बसेको हो । 

बैठकमा नेकपा नेताविरुद्ध भएको पक्राउ पुर्जी जारी, सरकारको एक वर्षे समीक्षा लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । 

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डमाथि जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो ।

 

​​​​​​​

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ९ : ३४ बजे