‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मानव तस्करी गरेकाे आरेापमा नेपाली काँग्रेसका नेता पक्राउ

काठमाडौं । ‘मानव तस्करी’ गरेकाे आरेापमा नेपाली काँग्रेसका नेता पक्राउ परेका छन् । 

नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने कांग्रेसका क्षेत्रीय नेता ४५ वर्षीय विनोद कार्कीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलस्थित सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक हुन् । कार्की मोरङको पथरीशनिश्चरे नगरपालिका–७ निवासी हुन् । 

२०७९ मा भएको प्रदेशसभा निर्वाचनमा कार्की मोरङ क्षेत्र नम्बर २ को प्रदेश २ बाट प्रदेश सांसदमा उठेका थिए । तर, त्यसबेला उनले चुनाव हारे । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कार्कीले नक्कली कागजातका आधारमा सेटिङ मिलाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सहयोग गर्दै आएका थिए ।

कार्कीलाई पुस ५ गते काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : ४२ बजे