राष्ट्र बैकले आवास कर्जाका लागि ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्‍यायो 

काठमाडौँ । नेपाल राष्ट्र बैकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाका लागि ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्‍याइएको छ । 

राष्ट्र बैङ्कले आइतबार एक निर्देशन जारी गर्दै ५० प्रतिशतको अनुपातलाई ६० प्रतिशत पुर्‍याएको हो ।

राष्ट्र बैङ्कले ऋणपत्र गणना गर्न पनि लचकता अपनाएको छ । मौद्रिक समीक्षामा घोषणा गरेजस्तै आइतबार निर्देशन जारी गरेर २०८० पुस मसान्तसम्म शत प्रतिशत र त्यसपछि २०८१ असार मसान्तसम्म त्यो ऋणपत्रको ५० प्रतिशत रकम निक्षेपको रूपमा गणना गर्न पाइने छ भनेको छ ।

राष्ट्र बैङ्कले बैङ्क दर र नीतिगत दरहरू पनि परिवर्तन गरेको छ । बैङ्क दर ७, निक्षेप सङ्कलन दर ३ र रिपो दर ५.५ प्रतिशत कायम गरिदिएको छ ।

यसका साथै रियलस्टेट र सेयर धितो कर्जाको जोखिम भारित सम्पत्ति १२५ प्रतिशत कायम गरिएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ७ : १३ बजे