‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

विद्यार्थीमाथि जबर्जस्ती करणी गरेको आरोपमा काभ्रेका दुई शिक्षक पक्राउ

काभ्रे। विद्यार्थीलाई जबर्जस्ती करणी गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् ।

पाँचखाल नगरपालिका तीनपिप्ले स्थित जोरपाटी माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङ र मावि शिक्षक मच्छेनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले कक्षा ९ मा अध्ययनरत १५ वर्षीय छात्रालाई पटक–पटक यौन दुर्व्यवहार गरेको खुलेको छ । घटना बाहिरिएपछि अभिभावक र विद्यार्थीले विद्यालयमा दोषीलाई कारवाहीको माग गर्दै नाराबाजी गरेका थिए  ।

कार्तिक ११ गते छात्रालाई बनेपाको एक होटलमा बोलाई शिक्षकहरुले जवरजस्तीकरणी गरेका थिए । पक्राउ परेका दुवै शिक्षकलाई जिल्ला प्रहरी कार्यालय काभ्रे ल्याइएको प्रहरी प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जनाकारी दिएका छन्  । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : ५२ बजे