दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

भारतमा बाढीका कारण ३५ जनाको मृत्यु

भारतको दक्षिणी राज्य तमिलनाडुमा यस हप्ता बाढी र वर्षाजन्य दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन्।

अप्रत्याशित वर्षाले थुप्रै जिल्लालाई नराम्ररी प्रभावित पारेको र तराईका क्षेत्रहरू डुबानमा परेका छन् भने, सडक र रेल सञ्वालमा गम्भीर असर परेको छ।

तमिलनाडुका मुख्य सचिव शिव दास मीनाले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूरा भएको र आधारभूत सेवाहरूको पुनः स्थापनामा ध्यान केन्द्रित गरिएको बताउनु भएको छ । करिब १७५ सडक खण्ड बिग्रिएकामा १४० वटाको मर्मत गरिएको छ भने बाँकी सडकको पुनः निर्माण काम भइरहेको बताइएको छ ।

अत्यावश्यक खानेपानी आपूर्ति जस्ता अन्य सेवाहरू पुनः स्थापनको काम भइरहेको छ । प्रभावित क्षेत्रका झण्डै ५० हजार मानिसलाई जलमग्न क्षेत्रबाट सुरक्षित स्थानमा सारिएकाे छ । 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १ : ५० बजे