साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सङ्गीतकार अवार्डबाट सम्मानित भए पोखरेल

काठमाडौँ । युवा सङ्गीतकार लक्ष्मण पोखरेल २०८० को सङ्गीतकारको अवार्डबाट सम्मानित भएका छन् ।

शनिवार राष्ट्रिय नाचघरमा आयोजित मनास्लु मिडिया प्रा.लि.को सातौँ स्थापना दिवसको अवसरमा सङ्गीतकारको अवार्डबाट पोखरेल सम्मानित भएका हुन् ।

अहिलेका व्यस्त सङ्गीतकारको रुपमा आफूलाई उभ्याएका पोखरेको सङ्गीतमा उदित नारायण झा,दिपा नारायण झा,राजेश पायल राई,स्वरूपराज आचार्य,अन्जु पन्त,शिव परियार,प्रमोद खरेल,मिलन नेवार, रूपक डोटेल, शान्ति श्री परियारदेखि अहिलेका नयाँ गायक गायिका प्रताप दास,एलिना चौहान,समिक्षा अधिकारी,सुरेश लामा,अनु चौधरी,देव राना,स्मिता दाहाल,महेश भण्डारी,रानी शाक्य लगायतले स्वर दिएका छन् । 

पोखरेलका चर्चित गीतहरूमा दिल रुन्छ भन्छन्, आईफोन हरायो, दिल, रुन्छ जब, आँसु दिएर गयौ अधिकार बाँडिदेऊ, हा बरै हाहाहा, रोक्यौ किनलगायत रहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ४७ बजे