दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

मानागुवा । निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिनुभएको छ ।

मृत्यु हुनेमा धेरै बालबालिका रहेको उहाँले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताउनुभयो । 

करिब ७० जना यात्रु बोकेको बस राँचो ग्रान्डे नगरपालिकास्थित मानसेरा नदीको पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो ।

मातागाल्पाका प्रशासक पेड्रो हसलामले भन्नुभयो, “मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौं ।”

माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय प्रहरी र अग्नि नियन्त्रक विभागका एकाइहरू पीडितहरूको उद्धार र उपचारका लागि घटनास्थलमा नै पुगेको हस्लामले बताउनुभयो ।
 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १२ : ३९ बजे