काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : ८ पुस २०८०, आइतबार ११ : ४२ बजे
प्रतिक्रिया