क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौँ ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ हुँदैछ।

पेसीमा चढेर पनि लामो समयदेखि सर्दै आएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज सुनुवाइका लागि पेसी तोकेको हो ।

काठमाडौँ जिल्ला अदालतमा न्यायाधीशको अभाव देखाउँदै यसअघि पटक पटक सुनुवाइ सर्दै आएको छ । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसके पनि सुनुवाइ भने सर्दै आएको छ ।

सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।

 

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : १२ बजे