‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दुई संसदीय समितिको बैठक आज बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका दुई वटा समितिको बैठक आज बस्ने भएको छ। 

कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्न लागेको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः००बजे र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक दिउँसो १ः०० बजे बस्ने जनाइएको छ । यी दुवै बैठक समितिहरूको सभाकक्ष सिंहदरबारमा बस्ने छन् ।

मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ भने शिक्षा, स्वास्थ्य र सूचना समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ९ : १२ बजे