‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लुम्बिनीमा सात महिनापछि मन्त्रिपरिषद् विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । 

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिवार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो । शनिवार दुई मन्त्री थपिएसँगै लुम्बिनीमा नौ सदस्यीय मन्त्रीमण्डल भएको हो ।

नयाँ मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र) बाट कृष्ण केसी खानेपानी, ग्रामीण तथा सहकारी विकास र नेपाली काँग्रेसका सरोज थापाले पर्यटन तथा यातायात व्यवस्था मन्त्रीको जिम्मेवारी पाउनुभएको छ । 

आज उहाँहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

 

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ८ : ०९ बजे