बिजुलीको तार चोर्न खोज्दा दुईजना घाईते, आइसीयुमा उपचार हुंँदै

चितवन  । भरतपुर महानगरपालिका–२ आँपटारीमा करेन्ट लागेर दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राती करेन्ट प्रवाह भइरहेको बिजुलीका तार चोर्न खोज्दा आँपटारीका प्रकाश नेपाली र सुनिल खनाललाई करेन्ट लागेको थियो  ।

घाइतेहरुको चितवन मेडिकल कलेज (सिएमसी)को आइसियूमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । उनीहरुको अनुहार जलेको छ । उनीहरुलाई उपचारको लागि गए राति १ः०० बजे चितवन मेडिकल कलेज पु¥याइएको थियो ।

करेन्ट प्रवाह भइरहेको तार चोर्ने नियतले काट्न खोज्दा दुई जनालाई करेन्ट लागेको नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो  ।
 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : १२ बजे