आज काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका केही स्थानमा विद्युत् कटौती हुने जनाएको छ । 

प्राधिकरणले एक सूचनामार्फत रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने क्षेत्रमा चार घण्टा विद्युत् बन्द हुने बताएको हो ।

प्राधिकरणका अनुसार थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि  बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने भएका विद्युत् सेवा अवरुद्ध हुने भएको हो ।

यसैगरी, महाराजगञ्ज वितरण केन्द्रको शिवपुरी फिडर अन्तर्गत डाँडा गाउँ, पासिकोट, भष्मथली, टोखा, पंचेटार, मेगासिटी, ढलमल क्षेत्रमा पनि विद्युतीय तार भूमिगत गर्ने कामका लागि ती क्षेत्रहरूमा आज बिहान साढे ९ बजेदेखि  दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ११ : १२ बजे