यस्तो छ आजको विनिमय दर

डेडिकेटेड र ट्रक लाइन लिएका चार उद्योगको बिजुली काटियो

काठमाडौँ । लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेबापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका चार उद्योगको लाइन शुक्रवार साँझदेखि काटिएको छ ।

साना तथा घरायसी उपभोक्ताले सामान्य महसुल नबुझाउँदा लाइन काट्ने प्राधिकरणले ठुला उद्योगलाई भने छुट दिएको भनेर आलोचना हुँदै आएको थियो ।  नेपाल विद्युत् प्राधिकरणका अनुसार, जगदम्बा स्टील, रिलायन्स स्पीनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटिएको छ ।

प्राधिकरणका अनुसार जगदम्बाले मात्रै रु चार अर्ब १४ करोड बराबरको महसुल तिर्न बाँकी छ । यस्तै, रिलायन्सले रु एक अर्ब ९४ करोड, घोराही सिमेन्टले रु एक अर्ब ३६ करोड बक्यौता भुक्तानी गर्न बाँकी छ । प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टले रु एक अर्ब ३० करोड बराबरको महसुल बुझाउन बाँकी छ ।

पटक पटक आग्रह गर्दा बक्यौता तिर्न अटेर गरेकाले उनीहरूको लाइन काटिएको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : ५१ बजे